विनायकमा दन्त शिविर सम्पन्न  | Jana Aawaj News

विनायकमा दन्त शिविर सम्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायकमा दन्त शिविर सम्पन्न  : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । विद्यार्थीको स्वास्थ्यमा चासो दिँदै समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले मंगलबार दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ मध्यपुरको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा विनायक शिक्षा निकेतनको प्राथमिक तहमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरुले दाँतको परीक्षण गराएका थिए। विद्यालयको नियमित कार्यतालिका अनुसार आयोजित उक्त कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका डाक्टर र सहयोगीहरूको सक्रियतामा बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन भएको थियो।

उक्त शिविरमा दाँतको समस्या भएका विद्यार्थीहरुलाई आवश्यक परामर्श दिँदै दाँत परीक्षण गराइएको थियो ।अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मानवीय सेवा र विद्यार्थीहरूको स्वास्थ्यमा विनायक शिक्षा निकेतन स्थापनादेखि नै लागि परिरहेको र स्वस्थ व्यक्ति हरेक कुरामा अब्बल र तीक्ष्ण हुन्छ भन्ने कुरामा विश्वास राखी विद्यार्थीको स्वास्थ्यका लागि विद्यालयले प्रयत्न गरिरहेको जानकारी गराउनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न