नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT Scan सेवा शुरु | Jana Aawaj News

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT Scan सेवा शुरु

पढ्न लाग्ने समयः 2 मिनेट
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT Scan सेवा शुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नागरिक कम्युनिटी टिचिक हस्पिटल लि. ले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक स्क्यान (Computed Tomography Scan) सेवा शुरु गरेको छ।

वरिष्ठ डा. भगवान कोईराला डा. भोला रिजाल डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको गरिमामय उपस्थितिमा CT Scan मेसिनको उदघाटन गरिएको छ। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण भण्डारी, अन्य वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

CT Scan सेवा प्रारम्भ भए संगै भक्तपुर जिल्लावासि हृदयघाट जस्तो प्राण घातक समस्याका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको पनि हल हुने भएकाे छ।

मुटुको सिटी एन्जियोग्राम लगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्ड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरुको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध सेवा प्रदान गर्न यस एन्जियो सिटीले नागरिक हस्पिटलमा करिव छ करोड पचास लाख लगानी परेको नेपालकै दोस्रो भक्तपुरमा पहिलो अत्याधुनिक CT Scan नागरिक अस्पतालमा हुनेछ र पहिलो विराटनगरमा रहेको पत्रकार सम्मेलनमा जानकारी गिरएकाे थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
2 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
4 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न