गुण्डुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न | Jana Aawaj News

गुण्डुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

१६६४ जना लाभान्वित

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर साउन, ९ गते। वीर अस्पतालको १३६ औँ स्थापना दिवसका अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ७, गुण्डूको समन्वयमा भएको निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सूर्यविनायक वडा नं ७ गूण्डूका स्थानीय एवं आसपासका बासिन्दाहरु कुल सेवा ग्राही संख्या १४६४ जनाले स्वास्थ्य लाभ लिएका छन् । २६ वटा रोगहरुको परिक्षण गरिएकोमा एकै व्यक्तिले विभिन्न सेवा लिने क्रममा ४५३१ वटाको बिशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य उपचार एवं परिक्षण गरिएको थियो । स्वास्थ शिविरमा वीर अस्पतालका निर्देशक दिलिप शर्मा सहित ५० जना डाक्टर तथा १२५ स्वास्थ कर्मीहरुको सहभागी रहेको थियो ।

बृहत स्वास्थ्य शिविरको निरिक्षण पूर्व मन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका भक्तपुर जिल्ला सचिव सुशील बस्नेत, सुर्यविनायक नगपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का लगाएतले गर्नुभएको थियो ।

साथै सामुदायिक सेवा केन्द्र कटुन्जेबाट अध्यक्ष संन्तोष ढुङेल तथा सामुदायिक प्रहरी, स्काउट ग्रुप, ट्राफिक प्रहरी, रेडक्रस लगाएतको उपस्थिति रहेको थियो । निरिक्षणमा उपस्थित अतिथिहरुले निशुल्क बृहत् स्वास्थ्य शिविर आफ्नो वडामा ल्याई कुशल ब्यवस्थापन एवं ऐतिहासिक रुपमा वडाबासीहरुको उपस्थितिमा स्वास्थ्यलाभ गराउन सफल भएकोमा वडा अध्यक्ष रविन्द्र सापकोटालाई बधाई एवं धन्यवाद प्रकट गर्नुभएको थियो ।

कार्यक्रम समापनमा वडा कार्यालयको तर्फबाट वीर अस्पताललाई शिविर आयोजना संचालन गरि दिएकोमा तथा हिमाल एकेडेमीले कार्यक्रम स्थान उपलब्ध गराएकोमा उच्च मुल्यांकन गर्दै वडा अध्यक्ष रबिन्द्र सापकोटाले कदर पत्र प्रदान गर्नुभएको थियो । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक समेत रहेका सापकोटाले निशुल्क बृहत स्वास्थ्य शिविरमा जटिल रोग देखि सामान्य रोग समेतको परिक्षण भएकाले वास्तवमै शिविरले सेवाग्राहि लाभान्वित भएको जानकारी दिनुभयो ।

+ posts