ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न  | Jana Aawaj News

ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न 

पढ्न लाग्ने समयः 2 मिनेट
ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न  : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर साउन, ८ गते । अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ STAR ले ललितपुर वडा नं ५ को क्षेत्र स्टिल टावरदेखि दक्षिणकाली मार्गसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

ASEZ STAR भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह हो।

यसपटकको गतिविधि चाहिँ समाजमा असल उदाहरण देखाउँदै समाजमा जनचेतना फैलाउनु हो। सरसफाई कार्यक्रममा सहभागी हुनुभएका ललितपुर महा-नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठज्यूले। यो एकदमै उत्कृष्ट कार्य हो। भन्दै समर्थन गर्नुभयो। र आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो।

स्वयंसेवकहरूले STEEL TOWER देखि दक्षिणकाली मार्ग वरिपरिबाट एकल-प्रयोग प्लास्टिक कप , स्ट्र, पानीको बोतल ,खाने कुराको बोतल जस्ता प्लास्टिकजन्य फोहोरहरु साथै अन्य फोहोरहरू पनि सङ्कलन गरे।बिहान ७ बजे सुरु भएर करिब १ घण्टा सम्म जारी रहेको उक्त कार्यक्रममा करिब ५० किलो प्लास्टिक जन्य फोहोर सङ्कलन गरियो।

आज ASEZ STAR का ३० जना , ASEZ WAO का २० जना, ASEZ का १५ जना र वडामा तहतमा रहेका ५ जना कर्मचारी सहित गरी ७० जना भन्दा धेरै स्वयंसेवक सदस्यहरूको सहभागी भई प्लास्टिक जन्य फोहोर तथा अन्य फोहरहरु सङ्कलन गरेका थिए ।

ASEZ STAR ले वातावरणलाई सफा राखेर छिमेकीहरूलाई स्वच्छताको उपहार दिन विद्यार्थीहरू साथै ASEZ WAO (जागिरे युवा ) र ASEZ (विश्वविद्यालय विद्यार्थी) एकै मनका भएर सरसफाइमा सहभागी भएका थिए । ASEZ STAR भनाले ‘विद्यार्थीहरूले सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई जोगाउन अहिले ने कार्य गर्छन (Save the Earth from A to Z Students Take Action Right now) भन्ने अर्थ बोकेको छ।

ASEZ STAR ले विविध क्षेत्रमा करीब २,००० पटक स्वयंसेवा कार्य गरेका छन् । र स्वयंसेवा कार्यमा विश्वभरिबाट ४७,४५६ जना स्वयंसेवकहरू सहभागी भएका छन्। जसको कदरस्वरूप The gold president’s volunteer service award from the U.S., Certificate of Commendation from Seoul Metropolitan City Council Korea , Certificate of Appreciation from Superintendent of Education of South Gyeongsang Province Korea,गरी 383 वटा पुरस्कारहरू प्राप्त गरेको छ ।

ASES STAR आबद्ध रहेको परमेश्वरको मण्डली चाहिँ विश्वका १७५ वटा देशका ७,८०० वटा क्षेत्रहरूमा स्थापित विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३७ लाख विश्वासीहरूले बाइबलमा लेखिएको पिता परमेश्वर र मातालाई परमेश्वरलाई विश्वास गर्दछन्, अनि “आफ्नो छिमेकीलाई आफ्नै शरीरलाई झै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन्। विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ३०,०००पटक भन्दा बढी गरिएको छ। परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंमसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीनवटा राष्ट्रपति अवार्ड, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सम्मान पदक, ब्राजिलको विधायकी पदक जस्ता ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ।

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न