प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल | Jana Aawaj News

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका-२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ । खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

+ posts
ताजा
1 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
2 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्वारा ललितपुरको ठेचोमा Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न