५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’ | Jana Aawaj News

५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’

पढ्न लाग्ने समयः < 1 मिनेट
५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’ : Jana Aawaj News

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा ५५ हजार पयर्टकहरुले अवलोकन गरेर सम्पन्न भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सकिने, टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको थियो । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत भएको र दुर्लभ तथा रंगीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

साउन १० गतेसम्म संचालन भएको यस एक्सपोमा बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यमको रुपमा युवावर्गका निमित्त सुनामी राइड भएकाले विभिन्न जिल्लाका स्थानीय पर्यटनहरु आएर राम्रै प्रतिक्रिया दिनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

नौलो अनूभूति हुने आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने र स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिने उद्देश्य रहेको यस एक्स्पोले विद्यालयहरुलाई पनि शैक्षिक अवलोकनमा आउँदा विशेष छुट दिएर विद्यार्थी भाइबहिनीहरुलाई यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा बारेमा जानकारी दिनुको साथै सारा जनावर उद्दार केन्द्र नेपाल जसले घाइते भएका, छाडा छोडिएका जनावरहरुलाई दैनिकी खाना खुवाउने, उपचार गर्ने एवं एन्डिभाइटिक, रेविजका सुइहरु लगाउने काम गर्छ उक्त संस्थालाई औद्योगिक शान्ति नेपाल संस्थाले रु.९०००।- आर्थिक सहयोग गरेको छ भने राधेराधेस्थित रहेको आडाम्स संगम कोलिनीलाई पनि रु. ५१०००।- आर्थिक सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष महतले बताउनुभयो । उहाँले आगामी दिनमा पनि विभिन्न मनोरञ्जात्मक खेल र थप प्रजातीका माछासहित फिसटनेल एक्सो सञ्चालनमा ल्याइने पनि जानकारी दिनुभयो ।

 

+ posts
ताजा
1 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
2 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्वारा ललितपुरको ठेचोमा Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न