
जन आवाज न्युज /भक्तपुर । प्रत्येक अंग्रेजी वर्षको अगष्ट १३ तारिखको दिन संसार भरी विश्व अंगदान दिवस मनाइने गरिन्छ जसले अंगदान गर्दा कति धेरै ज्यानहरु बाच्न सक्दछन् भन्ने सन्देश प्रबाह गर्दछ । यसै सन्दर्भमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस मनाइएको छ । यसले अंगदान दिवस सम्बन्धि जनचेतना अभिवृद्धि गर्नुका साथै अंगदान सम्बन्धि भ्रम र दुश्प्रचार लाई कम गर्नुको साथै सबैलाई अंगदान गर्नमा प्रोत्साहित गर्ने छ जसबाट अंग दाता र ग्रहण कर्ताको मागको खाडल परिपूर्ति हुने विश्वास गरिएको छ ।
नेपालमा नसर्ने रोग मृत्यूको प्रमुख कारण (७२%) भई सकेको छ जसबाट विभिन्न अंगहरु फेल भई मृत्यू हुने गर्दछ । अंग फेल भएको व्यक्तिहरुको अंग प्रत्यारोपण गर्न सके धेरै विरामीको ज्यान बचाउन सकिन्छ । अंग दान विना प्रत्यारोपणको कल्पना समेत गर्न सकिदैन ।
यस पटकको विश्व अंगदान दिवसको नारा “ब्लकधभचष्लन तजभ ऋबिि” “आह्वान स्वीकार गर्दै” भन्ने रहेको छ । अंगदानमा जात जाती धर्म, वर्गको कुनै विभेद हुनु हुँदैन भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखी यो दिवस मनाउने गरिएको हो ।
नेपालमा बर्षेनी करीब ३,००० जनाको मृगौला फेल र १००० जनाको कलेजो फेल हुने भएकोले र उनीहरु मध्ये कायैंको केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको कुरा केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी समन्वय इकाइ संयोजक डा. कल्पना कुमारी श्रेष्ठले बताउनु भयो । पश्चिमा मुलुकमा मस्तिष्क मृत्यू पश्चात प्राप्त अंगबाट ८०% भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा अधिकांश एशियाली राष्ट्रहरुमा उक्त कार्य कम मात्रामा हुने गरेको छ । हाम्रो जस्तो स्वस्थ्य जिवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्दा अंग दातामा जोखिम हुने संभावना रहन्छ । यदि मस्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण हुन सकेमा दाताको जोखिमको चिन्ता गर्नु नपर्ने र सडेर जाने वा खरानी भएर जाने अंग कसैको पुर्नजिवनको लागि प्रयोग हुने कुरा डा. श्रेष्ठले बताउनुभयो ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






 Total views : 295517
 Total views : 295517
 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



