मस्तिष्क मृत्यू अंगदाता उपलब्ध गराएकोमा काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौलाई सम्मान गरिँदै | Jana Aawaj News

मस्तिष्क मृत्यू अंगदाता उपलब्ध गराएकोमा काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौलाई सम्मान गरिँदै

पढ्न लाग्ने समयः 2 मिनेट
मस्तिष्क मृत्यू अंगदाता उपलब्ध गराएकोमा काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौलाई सम्मान गरिँदै : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । बुधबार आयोजना गरिएको एक कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले देशमा सबै भन्दा धेरै (देशको दुई तिहाई) मृर्गौला र कलेजो प्रत्यारोपण गर्ने संस्थाको रुपमा स्थापित भइसकको बताएको   छ ।

केन्द्रमा भएका करिब १५०० जना मृर्गौला प्रत्यारोपितहरुको विश्लेषण गर्दा ९८ प्रतिशत भन्दा बढी मृर्गौला प्रत्यारोपित बाँचेको पाइएको छ भने डाइलाइसिसमा बस्नेहरु ९५ प्रतिशत बाँचेको पाइएको कुरा डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो । आज भन्दा १६ वर्ष अघि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपाल जस्तो देशमा मृर्गौला फेल भएमा ९० प्रतिशत भन्दा बढी रोगीहरु मृत्यूको शिकार हुने अवस्थाबाट हाल ९० प्रतिशत भन्दा बढी बाँचिरहेको अवस्था लाई १८० डिग्रीको सफलता मानिएको छ । कलेजो प्रत्यारोपण ९३ प्रतिशत सफलताका साथ सम्पन्न भई सकेको छ । १३ वर्षको युवा अवस्थामै यस सरकारी संस्थाले मुलुकमा स्वास्थ्य क्षेत्रको अति विशिष्ट विधामा विश्वस्तरीय सफलता हाँसील गर्नु सबैको लागि अनुकरणीय कार्य भएको कुरा डा. श्रेष्ठले बताउनुभयो ।

यस केन्द्रका एक इन्च पनि भवन नभएको र उपयुक्त भवन भएमा केन्द्र स्वयंले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको हुँदा केन्द्रको सेवा विस्तारको लागि पायक पर्नेउपयुक्त स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध समेत गर्नुभयो ।

विश्व अंगदान दिवसलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रदीप पौडेलले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले अंगदान र प्रत्यारोपणको क्षेत्रमा गरेको कामको मुक्त कण्ठले प्रशंसा गर्नु भयो र मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण बारे व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने कुरा व्यक्त गर्दै नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सधैं सहयोग गर्न पतिवद्द रहेको समेत उल्लेख गर्नु भयो । नेपाल सरकारले प्रोत्साहान स्वरुप मस्तिष्क मृत्य पश्चात अंगदाताको परिवारलाई रु. २ लाख र मस्तिष्क मृत्यु भएको अस्पताललाई रु. ७५ हजार दिने व्यवस्था गरेकोले उक्त कार्यले गति लिने विश्वास व्यक्त गर्नुभयो । उक्त रकम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपलब्ध गराउने गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अंग प्रत्यारोपण जस्तो संवेदनशील र महंगो सेवालाई केन्द्रमा मात्र सिमित नराखी सातै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरा, सुर्खेत र नेपालगञ्जमा मृर्गौला प्रत्यारोपणको थालनी गरी सकेको छ भने क्रमश सुदुर पश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, बागमति प्रदेशको हेटौडा अस्पताल, मधेश प्रदेशको नारायणी अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार तयारी गरिरहेको कुरा मन्त्री पौडेलले बताउनुभयो ।

उक्त कार्यक्रममा संघीय संसाद द्वय मा. प्रेम सुवाल र मा. दुर्लभ थापा र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले अंग प्रत्याारेपण क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उत्कृष्ट कार्य गरेकोमा शुभकामना दिनुभयो र भविष्यमा यसको विस्तारको लागि सरकारलाई उपयुक्त जग्गा उपलब्ध गराई आफ्नै भवन बनाउनको लागि सरकार सँग जोडदार माग गर्नुभयोे ।

 

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न