तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न | Jana Aawaj News

तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न : Jana Aawaj News

काठमाडौं । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा साेमबार राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम-२०८२” भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा सभाध्यक्ष उपमा सञ्चार प्रा.लि कि आशा गौतम, प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ रहनु भएको थियो ।

यस तीज विशेष कार्यक्रममा चलचित्र, संगीत, कला , साहित्य, शिक्षा, खेल राजनीति, व्यवसाय र सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई “तीज विशेष नारी सम्मान-२०८२” अर्पण गरिएको थियो । कार्यक्रममा तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको भन्दै आयोजक संस्था तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय बलराम अधिकारीले यस्तो गौरवान्वित कार्यक्रम आफूले विभिन्न क्षेत्रका हस्तीहरुलाई सम्मान गर्न पाउँदा गौरव रहल हर्ष लागेको बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्माले नारीको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महसुस गरेको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम निरन्तर गर्न आयोजक संस्थालाई हौसला प्रदान गर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा गायिका अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, विशिष्ट अभिनेत्री लक्ष्मी गिरी, विशिष्ट अभिनेत्री रमा थपलियालाई तीज विशेष नारी दीर्घ सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै गायिकाहरुमा पबित्रा रसाइली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, माया निरासी, पुष्पा पौडेल, सरिता भारती, अभिनेत्रीमा हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल पत्रकारमा मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गिता अधिकारी, सिर्जना खतिवडा, अभियान्ता जलु गुरुङ, पूर्व प्रहरी निरीक्षक, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालकी पहिलो महिला अध्यक्ष तथा कलाकार भुमिका सुब्बा, पूर्व प्रहरी तथा नृत्याङ्गना कल्पना गुरुङ, राष्ट्रिय खेलाडी नेपालको पहिलो महिला रेस्लर भगवती खडका, रेस्लर मुना श्रेष्ठ, व्यसायीबाट मञ्जु तिमिल्सिना लगायतलाई तीज विशेष नारी सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यस्तै चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी, चलचित्र बिकास बोर्डका नवनियुक्त सदस्य बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाई पत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मान पश्चात् विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानितको तर्फबाट यस किसिमको सम्मानले सधै प्रोत्साहित गर्ने खुशी व्यक्त गर्दै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो भने अग्रज गायिका ज्ञानु राणाले सिरिमा सिरि नि कान्छी बोलको गीत सुनाउनु भएको थियो ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, एसिया प्यासिफिल कलेज, गणेशमान सिंह बहुमुखी क्याम्पस, एनएस अटोमोबाइल्स, ग्राभिटी होम ट्युसन सोल्युसन, एडिफाई एजुकेसन कन्सल्टेन्सी, मार्गदर्शन स्ट्डी अब्रोड, सुटमाला, मदरल्याण्ड सेक्युरिटी सर्भिस लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको विशेष सहयोग एवं उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
3 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
4 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न