इपिएल अन्तर्गत आज दुई खेल हुँदै | Jana Aawaj News

इपिएल अन्तर्गत आज दुई खेल हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
इपिएल अन्तर्गत आज दुई खेल हुँदै : Jana Aawaj News

काठमाडौं । एभरेस्ट प्रिमियर लिग चौंथो संस्करणको इपिएलमा आइतबार दुई खेल हुने भएका छन् ।

आज हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स ११ बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमो पहिलो प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार हुने उक्त खेलमा सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न कोसिस गर्ने छ भने, काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

उता करण केसी कप्तानीमा रहेको विराटनगर लगातार ४ पराजय बेहोर्दै प्रतियोगिताबाट नै बाहिरिएको छ ।

आज दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा चितवन टाईगर्स र ललितपुर प्याट्रियट्स एक अर्कासँग भिड्ने भएका छन् ।

प्ले अफमा पुगिसकेको सोमपाल कामी कप्तान रहेको चितवन आफ्नो अपराजित यात्रालाई कायम राख्दै लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यता ललितपुर प्ले अफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ भने, कुशल भुर्तेलको कप्तानीमा रहेको सो टोलिले ४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न