
काठमाडौं । ‘माछीले चलायो पानी’ मा दिलिप र गरिमा अभिनीत नँया गीत गायक रामकृष्ण ढकालले लिएर आएका छन् ।
सार्वजनिक हुँदैं पछिल्लो पटक दर्शक स्रोताबिच आएको सो गीतमा गायक ढकालसँग गायिका अन्जु पन्तले गायनमा साथ दिएकी छन् ।
सो गीतमा ऋषिराम देवकोटाको लेखन र आलोक श्रीको संगीत रहेको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो दर्शक स्रोतामाझ सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी र मोडल गरिमा शर्माले अभिनय गरेकी ािछ् । भिडियोमा प्रेमी प्रेमिकाले मिलनको क्षण सम्झिएर कल्पिएको मिठास प्रस्तुत गरिएको छ । प्रेमिका भेट्न हिँडेका दिलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको केमेस्ट्री जमेको देख्न पाइन्छ ।
उक्त गीत गुञ्जन इन्टरटेन्मेन्टद्धारा निर्मीत भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन तथा निर्देशन भने मौसम हिमालका गरेका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295915



