
काठमाडौं । आज बस्ने नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने बताइएको छ ।
असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन अन्र्तगत आज महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने बताइएको छ ।
गोदावरीमा जारी रहेको उक्त विधान महाधिवेशनमा आज नै सक्नेगरी तयारी भएको बताइएको छ । ललितपुरमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागीता रहेको उक्त महाधिवेशनमा नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रका पदाधिकारीहरुको संख्या अझ बढाउनुपर्ने लगायतका सुझावहरु आएको समेत नेकपा एमालेले जानकारी गराएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295907
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


