तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो | Jana Aawaj News

तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो

पढ्न लाग्ने समयः < 1 मिनेट
तीन घण्टा लामो शल्यक्रियाद्धारा एक किलोभन्दा बढी पेचकिला छुरा निकालियो : Jana Aawaj News

एजेन्सी । लिथुनियाका एकजना पुरुषको पेटबाट चिकित्सकहरूले एक किलोभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले जानकारी गराएका छन् । रक्सीको दुव्र्यसन त्यागेपछि गत एक महिनादेखि उनले धातुबाट निर्मित वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

लिथुनियाको सरकारी रेडियो एलआटीका अनुसार क्लेइपेदा युनिभर्सिटी हस्पिटलरमा उनको पेटबाट शल्यक्रिया गरी निकालिएका केही वस्तु चार इन्चसम्म लामा रहेको बताइएको छ । शल्य चिकित्सक डा.सारुनास दाइलिदेनाले यसलाई निकै अनौठो घटनाको संज्ञा दिएका समेत छन् ।

चिकित्सकको समूहले तीन घन्टा लामो शल्यक्रिया मार्फत ती धातुका वस्तुहरू सबै निकालिएको बताइएको छ ।

+ posts