विरेन्द्र भक्तले चौथो पटक जिब्रो छेड्दै | Jana Aawaj News

विरेन्द्र भक्तले चौथो पटक जिब्रो छेड्दै

पढ्न लाग्ने समयः 2 मिनेट
विरेन्द्र भक्तले चौथो पटक जिब्रो छेड्दै : Jana Aawaj News

रशिला थापा

जन आवाज न्युज/भक्तपुर ।  दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउने उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाका बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथों पटक जिब्रो छेड्ने भएका छन् ।


श्रेष्ठले १० इन्चको फलामको सुइँरोबाट जिब्रो भाद्र शुक्ल पुर्णिमाका दिन  जिब्रो छेड्न लागेका हुन् । वि.स २०२६ सालमा रोकिएको यो जात्रा २०५० सालमा फेरि सुरु भएर रोकिदैं आएको थियो । २०७४ सालबाट निरन्तर कायम रहेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


जिब्रो छेडिसकेपछि महादीप (भ्ये) बोकेर जिब्रो छेड्ने व्यक्तिको चाहाना अनुसारको ठाउँ र धार्मीक स्थलको परिक्रम गर्ने चलको रहेको नगरप्रमुख श्रेष्ठको भनाई रहेको छ । गतसाल पशुपतिनाथ गएका श्रेष्ठले यो साल भक्तपुरको दतात्रय र नवदुर्गा मन्दिर जाने मनसाय राखेका छन् । उनको इच्छा अनुसार भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिसंग समन्वय गरिएको मध्यपुरका नगरप्रमुख श्रेष्ठ बताए । “आईतबार बेलुका जिब्रो छेडेपछि महादीप बोकेर मध्यपुरथिमि लायकु, बालकुमारीबाट शंखधरचोकहुदैं सल्लाघारी, दुधपाटी भएर भक्तपुर नगरक्षेत्रमा जाने तयारी रहेको छ,” नगरप्रमुख श्रेष्ठले भने ।इतिहास कालमा मध्यपुर थिमिको येंया पुन्हिको जिब्रो छेड्ने जात्रा लाल मोहर भएको सरकारी सहयोग तथा मान्यता प्राप्त जात्रा भएको स्थानियहरु बताएका छन् । गजु श्रेष्ठका अनुसार जात्राकोलागि एक महिना अगाडी जिब्रो छेड्ने सुईरो (नातु) बनाउनका लागि नातु बनाउने नकर्मी (कौ नाय्) लाई पुजा दिने चलन रहेको छ ।यो कार्यकोलागि तोरीको तेल, कपास, रातो भाले, समेबजि सहित नकर्मीको घरमा जाने गरिन्छ । जिब्रो छेड्ने सुईरो बनाईसकेपछि ३ हप्ता शुद्ध तोरीको तेलमा सुईरोलाई डुबाएर राखिन्छ । यस जात्रामा तीनवटा (सियो) सुईरोलाई माथिको भाग एउटै बिन्दु बनाई तलको भाग जिब्रोमा छेड्न तीनवटा सुईरो बनाएको हुन्छ । जात्रा हुन ८ आठ दिन अगाडिबाट पूजा सुरु हुने चलन रहेको छ ।


मध्यपुरथिमिको बोडेमा पनि हरेक नेपाली नयाँ वर्षको अवसरमा मनाइने सिन्दुर जात्रामा पनि जिब्रो छेड्ने परम्परा रहदैं आएको छ । भदौमा मनाइने यो जातत्रा करिब ३५० वर्ष अगाडिदेखि यो परम्परा कायम रहदैं आएको स्थानियहरुको भनाई छ । मध्यपुरथिमि नगरपालिकाको वडा नं. ५ स्थित भैरब मन्दिर परिसरमा आउने आईतबार साझँ उक्त जात्रा मनाइनेछ । विगतमा २०७४, ०७९ र ०८१ सालमा आफुले जिब्रो छेडेको र यो वर्ष सहित चार पटक हुने श्रेष्ठले जानकारी दिनुभएको छ ।

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न