प्रादेशिक अस्पतालबाट सबै सेवा लिन सकिन्छ अस्पताल खोज्दै काठमाडौँ जानु पर्दैन : स्वास्थ्य मन्त्री थापा | Jana Aawaj News

प्रादेशिक अस्पतालबाट सबै सेवा लिन सकिन्छ अस्पताल खोज्दै काठमाडौँ जानु पर्दैन : स्वास्थ्य मन्त्री थापा

पढ्न लाग्ने समयः 2 मिनेट
प्रादेशिक अस्पतालबाट सबै सेवा लिन सकिन्छ अस्पताल खोज्दै काठमाडौँ जानु पर्दैन : स्वास्थ्य मन्त्री थापा : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर । मङ्गलवार चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने बताउनुभयो ।

उहाँले २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि विद्यार्थीको प्राथमिक उपचारको निम्ति विद्यालयमा रहेका नर्सहरूको सङ्ख्या बढाउँदै लगेको समेत बताउनुभयो । मन्त्री थापाले प्रादेशिक अस्पतालबाट सिटी स्क्यान, डिजिटल मेमो ग्राम, डाएलाइसीस लगायतका सेवाहरू लिन सकिने बताउनुभयो । उहाँले पैँतिस सय तिरेर एक वर्षसम्म स्वास्थ्य सेवा लिन सकिने बताउनुभयो ।

बागमती प्रदेशका कुनै पनि क्षेत्रबाट ५० मिनेट भित्र स्वास्थ्य चौकी पुग्न सकिने अवस्था आइसकेको मन्त्री थापाले बताउनुभयो । उहाँले भक्तपुरमा रहेका ख्वप अस्पताल, कोरियन अस्पताल र सूर्यविनायक नगर अस्पताललाई आवश्यक पर्ने बजेट समेत व्यवस्थापन गरेको बताउनुभयो । यसैगरी मन्त्री थापाले रोग लाग्न नदिन अब योग, प्राणायाम, साधना र व्यायाम पनि सुरु गर्न लागेको बताउनुभयो । योग, प्राणायाम, साधना र व्यायाम का निम्ति माइक र स्पिकर समेत उपलब्ध गराउने तयारीमा प्रदेश सरकार रहेको बताउनुभयो । समयमा स्वास्थ्य परीक्षण नहुँदा धेरैको अकालमा मृत्यु हुने गरेकोमा अब समुदाय स्तरमा स्वास्थ्य चेक जाँच गर्ने र घर घरमा स्वास्थ्य कर्मी र नर्स खटाउने काम प्राथमिकताका साथ अगाडी बढाउँदै लगिने मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोम कुमार श्रेष्ठले विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा र सर्वाङ्गीण विकासलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

विद्यालयको वार्षिकोत्सवमा मन्त्री थापाले श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकी छात्रा गोमा श्रेष्ठलाई ४ जिपिए ल्याएकोमा बधाई दिनुका साथै विद्यालयको व्यवस्थापन समिति र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरूलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो । मन्त्री थापाले शिक्षाको गुणस्तरीय विकासमा यस्ता उत्सवले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। विद्यालयको वार्षिक उत्सव केवल मनोरञ्जन मात्र नभई विद्यार्थीको प्रतिभा, सृजनशीलता र आत्मविश्वासको प्रदर्शन गर्ने माध्यम पनि रहेको बताउनुभयो । श्री महेन्द्र ग्राम माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा नृत्य, गीत, नाटक, वक्तृत्वकला, चित्रकला तथा खेलकुद प्रदर्शनजस्ता विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू, उत्कृष्ट शिक्षक तथा शिक्षिकाहरूलाई सम्मान पत्र र पुरस्कार प्रदान गरिएको थियो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न