भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री थापा | Jana Aawaj News

भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री थापा : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ ।

रेडक्रसले पवित्र भावनाका साथ भक्तपुरलाई रेडक्रसमय बनाउने काम गरेकोले यसको आफ्नो छुट्टै पहिचान भएको बताउनुभयो । भूकम्पको समयमा कोभिडको समयमा हनुमन्तेले डुबान गर्दा रेडक्रस सोसाइटीले लिएको अग्रसरता लिएकोले यसको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । रेडक्रसले एउटा अभियान लिएको छ, यो अभियानमा जोडिनुभएका सबैलाई धन्यवाद दिनुभयो । तिन कार्यकाल भक्तपुर रेडक्रसको सभापतिको रुपमा काम गरेको बताउदै आजको दिनमा म बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएको छु हिजोका दिनमा काम गरेकोले आज यो ठाउँमा भएको बताउनुभयो ।

मन्त्रालयमा रहेको १ वर्षको अवधिमा स्वास्थ्यको क्षेत्रमा मैले गर्नुपर्ने काम गरेको बताउदै १३ वटा प्रादेशि अस्पतालमा स्वास्थ्यको पहुँच पुर्याएको बताउनुभयो । अस्पतालमा नभएको सेवा सुविधा विस्तार भएका छन । अब प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार सेवाको पहुँच हुने बताउनुभयो ।

उहाँले २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि अस्पतालमा आवश्यक जनशक्ति बढाउँदै लगेको सेवा सुविधा समेत बढाउँदै लगेको बताउनुभयो । मन्त्री थापाले प्रादेशिक अस्पतालबाट सिटी स्क्यान, डिजिटल मेमो ग्राम, डाएलाइसीस लगायतका सेवाहरू समेत लिन सकिने सहज वातावरण सिर्जना भउको बताउनुभयो ।

 

+ posts