नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ६३ औं स्थापना दिवस सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ६३ औं स्थापना दिवस सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ६३ औं स्थापना दिवस सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ । कायर्त्रफममा मन्त्री थापामगरले आफु मन्त्री भएपछि प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय छ भनेर भन्ने अवस्थामा पुर्याएकाे बताउनुभयो । “मैले मन्त्री भएको एक वर्षभित्र अधिकांश प्रादेशिक अस्पतालहरुको सुधार र सेवा थपकोलागि काम गरेको छु,”। अब मृगौला रोगबाट पीडित दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लालगायतका बिरामीहरुले डायोलोसिस सेवा जिल्लाबाट नै पाउने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफुलाई मन्त्रालयको अनुभव नयाँ भएकाले सक्दो राम्रो गर्ने तर, नराम्रो काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले कला सस्कृतीको ठाउँ भक्तपुरलाई संम्रक्षण गर्न बागमती प्रदेश लागि पर्ने बताउदै सांस्कृतिक र प्राकृतिक कुराको संरक्षण गरि प्रदेशको पर्यटन विकाश नै आफ्नो मुख्य एजेण्डा रहेको समेत बताउनुभयो।

भक्तपुर शाखाका सभापति पशुराम पाण्डेका अनुसार वि.स २०२० साल भदौं १९ गते नेपालमा विधिवत रुपमा रेडक्रस सोसाईटीको स्थापना भएको हो । “जहाँ दुःख, त्यहाँ रेडक्रस” भन्ने नाराका साथ सात मानविय सिद्धान्तलाई आधार मानेर भक्तपुरमा भने वि.स २०२५ साल फागुन ७ गते रेडक्रसको स्थापना भएको पाण्डेले बताउनुभयो । जिल्लामा यो संस्थाले विपद र जोखिम न्यूनिकरणको काम निरन्तर रुपमा गर्दै आएको छ । “भक्तपुर रेडक्रसले जिल्लाका चार वर्टै स्थानिय तहसँग साझेदारीमा भक्तपुरका बासिन्दालाई निःशुल्क रुपमा रगत प्रदान गर्दै आईरहेको छ,” सभापति पाण्डेले जानकारी दिनुभयो ।

एक वर्षमा २३ हजार जना मानिसले रक्तदान गर्दा १४ जनामा एच आई भी देखिएको, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सार्वजनिक गरेको एक तथ्यांक अनुसार २३ हजार २ सय ९२ जनाले गरेको रक्तदानको रगतको नमूना परिक्षण गर्दा एचआईभी देखिएको बताएको छ । एक वर्षमा १८ हजार १ सय ४० पुरुष र ५ हजार १ सय ५२ जना महिलाले रक्तदान गरेका रेडक्रस भक्तपुर शाखाका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो।

“रगत नपाए भक्तपुर जानु” भन्ने सन्देशलाई साच्चिकै कार्यान्वयन गर्न १ हजार १ सय ३ स्थानमा विभिन्न संघसंस्थाले रक्तदान गरेको कार्यक्रममा सहभागी भएर २३ हजार २ सय ९२ जनाले रक्तदान गरेको बताउनुभयो ।

रक्तदाताबाट संकलन भएको रगतमा कुनै संक्रमण वा अन्य रोग छ छैन् भनेर जाँच गरेर मात्र हामी प्रयोग गर्न सिफारिस गर्दछौ, कुनै जटिल रोग वा संक्रमण देखिए दुई पटकसम्म उक्त रगतको नमूना परिक्षण गर्ने गरेका छौं, कार्कीले बताउनुभयो ।
त्यसपछि सम्बन्धीत व्यक्तिलाई बोलाएर रगतको रिर्पोटमा आएको समस्याबारे जानकारी दिएर परार्मश सहित थप जाँचकालागि टेकु पठाउने गरेको समेत कार्कीले जानकारी दिनुभयो ।

भक्तपुर जिल्लामा एक वर्षमा संकलित रगत मध्ये ९७.८७ प्रतिशत रगत मात्रै प्रयोगमा आएको छ । रक्तदानबाट प्राप्त भएको रगतको गुणस्तर कायम गर्न भक्तपुर रेडक्रसले केही समयभित्र चिस्यानसहितको भ्यान संचालनमा ल्याउन लागेको समेत रेडक्रसका मन्त्री कार्कीले बताउनुभयो। आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्ला शाखा भक्तपुर जिल्लाबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई सम्मान गरको छ । शाखाका पूर्व उपसभापति एवम् बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापामगर र आजिवन सदस्य तथा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठलाई बधाई सहित सम्मान गरेको छ ।

कार्यक्रममा शाखामा १८ वर्षदेखि रात्रीकालिन सुरक्षा गार्डको कार्य गरेर उमेरहदका कारण सेवा अवकाश भएका तुल्सीभक्त सुवाल ९माइला दाई०लाई समेत सम्मान गरिएको छ ।

+ posts