वागीश्वरी कलेजमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

वागीश्वरी कलेजमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहिबा सम्पन्न भएको छ । बीए, बीएएसडब्लु र बीबीएसमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज व्यवस्थापन समितिका सदस्य एवं संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कुल होस वा कलेज नमुना लायक शैक्षिक संस्था हु“दा सोही अनुरूप विद्यार्थीहरु पनि नमुना योग्य हुनुपर्नेमा जोड दिनुभयो ।

स्नातकको अर्थ शास्त्री भएकाले अबको पढाइ विद्यालय तहको भन्दा फरक हुने चर्चा गर्दै उहा“ले अब विद्यार्थीहरु विगतमा जस्तो आलाका“चा स्वभाव नहुने बरु पढाइप्रति अत्यन्त गम्भीर बन्ने अनुभव सुनाउनुभयो ।
विद्यार्थीले आर्जन गर्ने ज्ञान, सीप यही देशको लागि उपयोग गर्नुपर्नेमा जोड दि“दै उहा“ले नेपाली युवा विदेसिदा देश युवाविहीन अवस्थामा पुग्नु अत्यन्त दुःखद विषय हो भन्नुभयो । उहा“ले भन्नुभयो–‘आमाको काखभन्दा पराइको लाख ठूलो हुनै सक्दैन । हाम्रो पढाइ हाम्रै देश र समाजको लागि हुनुपर्दछ ।

कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विश्वविद्यालयीय शिक्षा अनुसन्धानमा जोड दिइने हु“दा विद्यार्थीहरुमा धैर्यको धेरै खा“चो हुन्छ, हडबडाउनु हु“दैन भन्नुभयो । अबको चार वर्ष समर्पित भएर पढाइमा लाग्न अनुरोध गर्दै उहा“ले आफूले रोजेको विषय कसैले होच्याउ“दैमा नहोचिने बरु आÇनो विषयमा गौरव गर्न जान्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विहान कलेजमा पढ्ने विद्यार्थीले दिउ“सो वागीश्वरी स्कुलको टेक्स कार्यक्रमका तालिमहरुमा सहभागी भए शैक्षिक योग्यताका साथै थप एउटा सिप पनि हुने सुझाव दिनुभयो । उहा“ले भन्नुभयो –‘यसवर्ष हामी पच्चीस जनाको बालविकास सहजकर्ता सम्बन्धी २४ महिने निःशुल्क तालिम सञ्चालन गर्दै छौ“, सहभागी हुन चाहनेले नाम दर्ता गर्नुहोला ।’
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा टीयु टपर बबिता ग्वाछाले पढ्ने तौर तरिका सहित वागीश्वरीमा आफू पढ्दाका अनुभव सुनाउनुभयो ।

मानविकी सङ्कायका इन्चार्ज राजन फेलु, विद्यार्थीबाट स्मृति कासुला र सविना बाडेले र नवआगन्तुक विद्यार्थीको तर्फबाट महेश बस्नेतले आफ्नो भनाई राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x