पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै | Jana Aawaj News

पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै : Jana Aawaj News

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०:१५ बजे शुरू हुनेछ ।

नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्धको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ ।

शृंखलाको दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते खेलिने भएको छ ।
यस्तै शृंखलाका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, लाकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

+ posts