पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै | Jana Aawaj News

पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै : Jana Aawaj News

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०:१५ बजे शुरू हुनेछ ।

नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्धको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ ।

शृंखलाको दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते खेलिने भएको छ ।
यस्तै शृंखलाका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, लाकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न