चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न | Jana Aawaj News

चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर असोज, १० गते । चाँगुनारायण नगरपालिका वडा नम्बर २ को आयोजनामा साप्ताहिक सरसफाई अन्तर्गत १२६ औं हप्तामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज र लायन्स क्लब अफ भक्तपुरको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र वडा नं २ का  वडा अध्यक्ष सोमप्रसाद प्रधानको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रममा परमेश्वरको मण्डलीले निरन्तर कार्य गर्दै आएको र आजको कार्यक्रममा पनि उल्लेख्य सदस्यहरुको सहभागिता भएकोले चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले प्रशंसा गर्नुभयो ।

उक्त सरसफाइ कार्यक्रम दुवाकोट मोडदेखि KMC चोकसम्म  गरिएको थियो ।

+ posts