किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव सम्पन्न | Jana Aawaj News

किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव सम्पन्न : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव कार्यक्रमको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले लोपोन्मुख सम्पदा संरक्षणमा विभिन्न कालखण्डमा खिचिएका फोटोहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै फोटो भनेको इतिहास र समाजको ऐना भएको बताउनुभयो ।
पुराना तथा मौलिक फोटोहरुले भक्तपुरको इतिहास अध्ययन गर्न मद्दत पुर्याएको बताउनुहुँदै पुराना पुराना फोटोहरुको संकलन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगर प्रमुख प्रजापतिले पुराना तस्बीरहरुकै कारण आजभन्दा ९० वर्ष अगाडि बनेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित फसी देग मौलिक शैलीमै पुनःनिर्माण भइरहेको अवगत गराउनुहुँदै सोसँगै रहेको पुरातत्वविभागको भवन पनि मौलिक शैलीमै पुनःनिर्माण गर्ने तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा किपाग्राफी भक्तपुरका सल्लाहकार एवम् भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले विदेशिने युवाहरुलाई नेपालमै रोजगारी प्रदान गर्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुहुँदै नयाँ पुस्ता अझ समाजप्रति उत्तरदायी हुन जरुरी रहेको बताउनुभयो ।

किपाग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिले भक्तपुरको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले किपाग्राफीको स्थापना भएको बताउनुहुँदै विद्यालय तहदेखि फोटोग्राफीको कक्षाहरु लिनुपर्ने बताउनुभयो ।

वरिष्ठ फोटोग्राफर जगदीश तिवारीले फोटोग्राफरहरुले भक्तपुरलाई संसारभर चिनाउने काम गरिरहेको बताउनुहुँदै स्थानीय निकायले उनीहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा किपाग्राफी भक्तपुरका उपाध्यक्ष पद्मसुन्दर शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने फोटोग्राफर रबिता किसी, सचिव बालकृष्ण प्रजापति र किरण सुवालले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले वरिष्ठ फोटोग्राफर तथा सिनेमाटोग्राफी केदारप्रसाद बनेपालीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने उहाँले किपाग्राफी भक्तपुरको आयोजनामा भएको भक्तपुरको नवदुर्गा नाचसम्बन्धी फोटो प्रतियोगिता २०७८ का उत्कृष्ट १० र प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्न सफल फोटोग्राफरहरुलाई पुरस्कार, सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसैगरी किपाग्राफी भक्तपुरमा पदमसुन्दर शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरिएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न