परमाणु वार्ता सुरु हुनुअघि इरानको शर्त,अमेरिकाले रोक्का गरेको १० अर्ब फुकुवा गर्नुपर्ने | Jana Aawaj News

परमाणु वार्ता सुरु हुनुअघि इरानको शर्त,अमेरिकाले रोक्का गरेको १० अर्ब फुकुवा गर्नुपर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
परमाणु वार्ता सुरु हुनुअघि इरानको शर्त,अमेरिकाले रोक्का गरेको १० अर्ब फुकुवा गर्नुपर्ने : Jana Aawaj News

एजेन्सी । इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा गर्नुपर्ने शर्त गरेको छ ।

सन् २०१५ मा इरानको परमाणु कार्यक्रम रोक्न इरान र शक्ति राष्ट्रबीच सहमति भएता पनि अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए ।

राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई फेरि आवद्ध गर्ने प्रयास जारी राखेपछि इरानले उक्ते शर्तलाई अघि सारेको छ ।

अमेरिकाले वार्तामा बसि समस्याको समाधान गर्नका लागि गरेको प्रस्तावलाई पनि इरानले अस्वीकार गरेकोले गत जुनदेखि अप्रत्यक्ष वार्ता समेत रोकिएको बताइएको छ ।

यता इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ताको निम्ति अमेरिकी अधिकारीहरू सँग अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिरहेको तर आफूले अमेरिकी पक्षबाट रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेपछि वार्ता हुन नसकेको जानकारी गराएका छन् ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न