उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित | Jana Aawaj News

उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित

पढ्न लाग्ने समयः < 1 मिनेट
उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित : Jana Aawaj News
photo : fb

भक्तपुर । उत्तरी गोरखामा हिमपात भएपछि त्यहा घुम्न गएका पर्यटकहरु प्रभावित भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको बताइएको छ ।

गएराति हल्का पानी पर्न सुरु भएको थियो भने राति नै हिउँ पर्न थालेदेखि निरन्तर हिमपात भएकोले जनजीवन प्रभावित भएको छ।

उत्तः वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएको बताइएको छ । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ। हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरु प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएको बताइएको छ।

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x