उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित | Jana Aawaj News

उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित

पढ्न लाग्ने समयः < 1 मिनेट
उत्तरी गोरखामा हिमपात भएपछि पर्यटकहरु प्रभावित : Jana Aawaj News
photo : fb

भक्तपुर । उत्तरी गोरखामा हिमपात भएपछि त्यहा घुम्न गएका पर्यटकहरु प्रभावित भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको बताइएको छ ।

गएराति हल्का पानी पर्न सुरु भएको थियो भने राति नै हिउँ पर्न थालेदेखि निरन्तर हिमपात भएकोले जनजीवन प्रभावित भएको छ।

उत्तः वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएको बताइएको छ । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ। हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरु प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएको बताइएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न