सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार | Jana Aawaj News

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

पढ्न लाग्ने समयः < 1 मिनेट
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार : Jana Aawaj News
photo : fb

काठमाडौं । सोलुखुम्बुको लुक्लाको लुबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान उद्धारका लागि गएको उक्त हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना भएकोबताइएको छ । हेलिकप्टरमा एक्लै रहेका पाइलटको भने सकुशल उद्धार गरिएको छ ।

हेलिकप्टर दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ । हेलिकप्टरमा भने क्षति पुगेको बताइएको छ ।
हेलिकप्टर काठमाडौंबाट उद्धार प्रयोजनका लागि लुबुचे क्षेत्रमा गएको थियो । अहिले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

+ posts