सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार | Jana Aawaj News

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

पढ्न लाग्ने समयः < 1 मिनेट
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार : Jana Aawaj News
photo : fb

काठमाडौं । सोलुखुम्बुको लुक्लाको लुबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान उद्धारका लागि गएको उक्त हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना भएकोबताइएको छ । हेलिकप्टरमा एक्लै रहेका पाइलटको भने सकुशल उद्धार गरिएको छ ।

हेलिकप्टर दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ । हेलिकप्टरमा भने क्षति पुगेको बताइएको छ ।
हेलिकप्टर काठमाडौंबाट उद्धार प्रयोजनका लागि लुबुचे क्षेत्रमा गएको थियो । अहिले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न