मुस्ताङमा बुधबार पनि भारी हिमपात | Jana Aawaj News

मुस्ताङमा बुधबार पनि भारी हिमपात

(तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 2 मिनेट
मुस्ताङमा बुधबार पनि भारी हिमपात : Jana Aawaj News
photo : fb

काठमाडौं । मुस्ताङमा सोमबार रातिदेखि परेको हिमपात आज बुधबार पनि जारी रहेको छ । भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या भएको बताइएको छ ।

यसैगरी चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको छ । उक्त क्षेत्रमा आठ इन्चसम्म हिउँ जमेकाले आवागमनमा कठिनाइ भएको हो । त्यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी-मुक्तिनाथ सडक हाल सञ्चालन भएको बताइएको छ ।

मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्, भने मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण त्यहाको जनजीवन प्रभावित भएको छ । हाल हिमपात निरन्तर भइरहेको बताइएको छ ।

photo : fb

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न