सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, कार्तिक १४ गते । सुर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा नगरपालिकाको दशवटै वडामा जेष्ठ नागरिकहरुमा स्वास्थ्य बुढ्यौलीका लागी सहारा परियोजना कार्यक्रम सन्चालन भएको छ ।

उक्त कार्यक्रम सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” अन्तर्गत बिहिबार एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र रेडक्रस जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेबीच परियोजना सम्बन्धी प्रोजेक्ट डकुमेन्टमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

परियोजनाले वृद्ध नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। उक्त कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र सदस्यहरू लगाएतको उपस्थिति रहेको थियो।

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x