सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, कार्तिक १४ गते । सुर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा नगरपालिकाको दशवटै वडामा जेष्ठ नागरिकहरुमा स्वास्थ्य बुढ्यौलीका लागी सहारा परियोजना कार्यक्रम सन्चालन भएको छ ।

उक्त कार्यक्रम सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” अन्तर्गत बिहिबार एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र रेडक्रस जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेबीच परियोजना सम्बन्धी प्रोजेक्ट डकुमेन्टमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

परियोजनाले वृद्ध नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। उक्त कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र सदस्यहरू लगाएतको उपस्थिति रहेको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न