ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न | Jana Aawaj News

ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर,कार्तिक १७ । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिताको आधारभूत तहतर्फ द्धितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरेका थिए ।

त्यसै गरी माध्यमिक तहतर्फ मदरल्याण्ड स्कुलकी ईशिका खड्काले द्धितीय स्थान, संस्कार गुरूकूलकी विदूशी ढकालले तृतीय स्थान र विमल मेमोरियल विद्यापीठकी अणु वादीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । उक्त एकल गायन प्रतियोगिता कार्यक्रमको सभापति ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले नेसनल प्याव्सनको कार्यक्रम गर्ने जिम्मा पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका वडा २ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरको शिक्षा र स्वास्थको प्रवर्द्धनको लागि नगरपालिका र आफू लागि परेको बताउँदै नेसनल प्याव्सन भक्तपुरले गरेका कार्यक्रमको प्रसंशा गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नेसनल प्याव्सन भक्तपुर अध्यक्ष संजय खड्काले ऋतम्भरा पाठशालाले एकल गायन प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेकोमा कृतज्ञता व्यक्त गर्दै विजेता विद्यार्थाहरुलाई बधाई दिनु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, सदस्य, विभिन्न स्कुलहरुबाट प्रिन्सिपल, शिक्षक एवं विद्यार्थाहरुको उपस्थिति रहेको जानकारी ऋतम्भरा पाठशालाका सह प्रिन्सिपल एवं कार्यक्रमका संयोजक अनिश केसीले बताउनुभयो ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न