वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता | Jana Aawaj News

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता

पढ्न लाग्ने समयः 2 मिनेट
वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, कार्तिक २० गते । वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच विहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धन कुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युट डा बलराम दुवालको हस्ताक्षर गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा रहेको कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि विश्वविद्यालय र चीनको छिंगहाई मिन्जु विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापना भएको थियो। कन्फ्युसियस इन्स्टिच्युटले चिनियाँ भाषा शिक्षा प्रदान गर्ने, चिनियाँ भाषा पाठ्यक्रमहरू प्रदान गर्न नेपाली शैक्षिक संस्थाहरूलाई सहयोग गर्ने र द्विपक्षीय भाषिक तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
भक्तपुरको क्यूएए प्रमाणित सामुदायिक कलेज, बागीश्वरी कलेज, शैक्षिक उत्कृष्टता र सामुदायिक सेवाको विश्वसनीय केन्द्रको रूपमा रहेको छ ।
४ वर्षका लागि मान्य हुने गरी गरिएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अफिस अफ इन्टरनेसनल कोअपरेसन एन्ड एक्सचेन्जका उपनिर्देशक छेन योङ्गले सांस्कृतिक आदानप्रदान र भविष्यमा राम्रो सहकार्य र समन्वय हुने अपेक्षा गर्नुभयो । उहाँले यस समझदारीलाई मुर्त रुप दिनका लागि आफूहरुको पूर्ण साथ र समर्थन रहेको बताउनुभयो । चिनियाँ भाषा राम्रोसँग सञ्चालन हुनेमा विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगति भइ चिन र नेपालबीचको सम्वन्ध अझ दरिलो हुने धारणा राख्नुभयो ।
कलेज अफ इन्टरनेसनल एजुकेसनका विदेश मामिला अधिकृत चाओ यानुले सहकार्य गर्न पाएकोमा गर्व महसुस गर्दै चिंहाइ विश्वविद्यालयले ५० वटा विभिन्न विश्वविद्यालयसँग कार्य गरिरहेको बताउनुभयो । जातजाति र राष्ट्रियतासम्वन्धि अध्ययन हुने सो विश्वविद्यालयमा ३ हजारभन्दा वढी विद्यार्थीहरु अध्ययन गरिरहेको बताउनुभयो ।

कन्फ्युसियस इन्स्टिच्युटका निमित्त निर्देशक डा.बलराम दुवालले समझदारी पत्रले कन्फ्युसियस इन्स्टिच्युट र बागीश्वरी कलेजबीच पारस्परिक रूपमा लाभदायक सहयोग स्थापित गर्न खोजेको बताउनुभयो । समझदारी अनुसार चिनियाँ भाषा पाठ्यक्रमहरू, पाठ्यपुस्तकहरू, र शिक्षण सामग्रीहरूको विकास गर्नुका साथै बागीश्वरी कलेजमा विद्यार्थी र कर्मचारीहरूका लागि क्रेडिट र गैर–क्रेडिट चिनियाँ भाषा पाठ्यक्रमहरूको व्यवस्था सहित चिनियाँ भाषा शिक्षण बिन्दुको स्थापना गरिने जानकारी उहाँले दिनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले समझदारीअनुसार चिनियाँ भाषा, संस्कृति, सामाजिक-राजनीतिक मुद्दाहरू, इतिहास, अर्थशास्त्र र सम्बन्धित विषयहरू परिचय गराउने गतिविधिहरू सञ्चालन गरिने जानकारी दिनुभयो । ।
यसैंगरी अनुसन्धान गतिविधिहरूमा सहकार्य गर्ने, बागीश्वरी कलेज र चिनियाँ विश्वविद्यालयहरू र संस्थाहरू बीच संस्थागत सम्बन्धको प्रवद्र्धन गर्ने उद्देश्य पनि समझदारी पत्रमा उल्लेख गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

वागीश्वरी कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिलेपहुँचयोग्य, किफायती र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने दृष्टिकोणका साथ स्थापित वागीश्वरी कलेजले आफ्ना विद्यार्थीहरूमा बौद्धिक विकास, नैतिक नेतृत्व र सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध संस्थाको रूपमा बागीश्वरी कलेजले समग्र विकासको लागि अनुकूल वातावरण सिर्जना गर्दै अगाडि वढ्ने क्रममा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

समझदारी हस्ताक्षर कार्यक्रममा नेसनल लाङ्गवेज कन्जर्भेसन एन्ड प्रोमोसन सेन्टरका प्रमुख लिऊ यानहोङ्ग, कलेज अफ इन्टरनेसनल एजुकेसनका संयोजक सुन फुलगायत चिनियाँस्थित विभिन्न विश्वविद्यालयका तङ्ग हाइसिया, सिन चिनमङ्ग, लाङ्ग चुनचे, तङ्ग छफाङ्ग, हान छुनमिङ्ग, सिया स्मङ्ग चियाङ्ग फिङ, छङ्ग चुइङ्गको उपस्थिति रहेको थियो ।

यसैंगरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद कर्माचार्य, मानविकि संकाय प्रमुख राजन फेलुलगायतको उपस्थिति रहेको थियो ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न