भक्तपुरमा अन्तर विद्यालय नाटक प्रतियोगिता आज हुँदै | Jana Aawaj News

भक्तपुरमा अन्तर विद्यालय नाटक प्रतियोगिता आज हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा अन्तर विद्यालय नाटक प्रतियोगिता आज हुँदै : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम यस क्षेत्रमा सम्भवतः पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता मिति २०८२  आज आयोजना हुन लागेको छ।

विद्यार्थीहरूको रचनात्मकता र अभिनय क्षमतालाई प्रोत्साहन दिने उद्देश्यले आयोजक सूर्यविनायक-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले यस प्रतिष्ठित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

नेसनल प्याव्सनमा आबद्ध सदस्य विद्यालयहरूले सहभागिता जनाउने यस प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले नाटकको माध्यमबाट आफ्नो कला प्रदर्शन गर्न सक्नेछन्। प्रतियोगितालाई थप स्तरीय र सन्देशमूलक बनाउन आयोजकले नाटकको विषयवस्तु सन्देशमूलक हुनु अनिवार्य रहेको र हरेक प्रस्तुतिको समय अवधि ७ देखि १५ मिनेट सम्मको हुनुपर्ने नियम निर्धारण गरेको छ ।

साथै, एउटा नाटक समूहमा अधिकतम ८ जना कलाकारहरूले मात्र सहभागी हुन पाउनेछन्। प्रतियोगितामा सहभागी नाटक समूहहरूलाई हौसला प्रदान गर्न प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका लागि आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

मुख्य पुरस्कारका अतिरिक्त प्रतिभालाई सम्मान गर्न उत्कृष्ट कथा, उत्कृष्ट कलाकार, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट निर्देशन, उत्कृष्ट सन्देश र उत्कृष्ट मञ्च व्यवस्थापन जस्ता सबटाइटल अवार्डहरू समेत प्रदान गरिनेछ। मदरल्याण्ड स्कुलका कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालले जानकारी दिँदै कार्यक्रमको सबै तयारी पूरा भइसकेको र प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न आफूहरू उत्साहित रहेको बताए।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न