मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न | Jana Aawaj News

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न : Jana Aawaj News

जन आवाज न्युजर/भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

उक्त प्रतियोगिताको समापन समारोह कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो।
त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७-० ले हराउँदै तृतीय स्थान हासिल गरेको थियो।
विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र मेडलद्वारा सम्मान गरिएको थियो।

प्रथम पुरस्कारमा नगद रु. २०,०००, ट्रफी र मेडल, द्वितीय पुरस्कार नगद रु. १५,०००, ट्रफी र मेडल, तृतीय पुरस्कार नगद रु १०,०००, ट्रफी र मेडल, उत्कृष्ट खेलाडी ट्रफी र नगद रु ५,०००, नगर उत्कृष्ट गोलकिपर सुजन गुमाञ्जुलाई नगद रु ५,००० र उत्कृष्ट खेलाडी निर्भिक थापालाई रु ५००० सर्वाधिक गोलकर्ता उज्ज्वल बिष्ट रु ५००० प्राप्त गरेका थिए।

कार्यक्रमले नगरभित्रको खेलकुदको विकास, युवाहरूको सहभागिता र आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ। फुट्सल प्रतियोगिता सञ्चालन गर्नलाई नगर प्रमुख बासुदेव थापाले सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त समेत व्यक्त गर्नुभएको थियो ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न