नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर,कार्तिक २१ । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम २०८२ बिहिबार सम्पन्न भएको छ ।

यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा।रमेश प्रसाद अवस्थीले गर्नु भएको थियो । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि गरिएको प्रशिक्षण कार्यक्रममा गणित विषयलाई कठिन रुपमा नलिई कसरी सहज र सरल बनाई सिक्न र सिकाउन सकिन्छ भनेर अन्तर्क्रिया गरिएको थियो ।

विद्यार्थीहरुले गणित विषयलाई बोझ र कठिन रुपमा बुझ्ने गरेकाले परीक्षाको समयमा गणित विषयलाई डरको रुपमा नभई सहज बनाउन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले दिनु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रसाद खाताखोले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य पुष्टि गर्नुभएको थियो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नु पर्ने बताउदै अभिमुखीकरण कार्यक्रममा डा।रमेश प्रसाद अवस्थीले दिनु भएको उपायहरुलाई अपनाई अध्ययन गर्न प्रेरित गर्नु भएको थियो । गणित विषयलाई पनि दैनिक अभ्यास र क्रियाकलापको माध्यमबाट सिकाई गरेमा सहज हुने बताउँदै नेसनल प्याव्सन भक्तपुरले अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको पनि कक्षा १० का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिनुभयो ।

 

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न