
जन आवाज न्युज/ काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार हातीगौंडा चोकदेखि विष्णुमति पुलसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बस नारायण महर्जनले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवाहरुको स्वयम सेवक सङ्घठनको खुलेर प्रशंसा गर्नु भयो सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अगमि दिनहरुमा यस्ता कार्यक्रम गरिरहन प्रोत्साहन दिनुभयो ।

यसैगरी श्री पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक राम लामाले Asezwao को जनचेतना मूलक कार्यक्रमले स्कुलमा बच्चाहरु सरसफाई लगायत वातावरण संरक्षणमा ध्यान केन्द्रित गरेको कुरा उल्लेख गर्नुभयो र यस्ता कार्यक्रमहरु गर्दै जानुस भनेर हौसला पनि दिनुभयो । कार्यक्रममा सहभागी हुन पाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका बिस्णु चौधरीले Asez wao को परिचय, हाल गरिरहेको स्वयंसेवाको कार्य र परमेश्वरको मण्डलीले पितामाता परमेश्वर विश्वास गर्दछ भनेर परिचय दिनुभएको थियो ।

ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ ।
ASEZ WAO का एक अधिकारीले भने, “‘आमाको वन’ चाहिँ आफ्ना सन्तानहरूको हेरचाह गर्ने आमाको मनद्वारा विश्वभरि हरियाली वन सृजना गर्ने गतिविधि हो । यसले कार्बन अवशोषण र हावाको गुणस्तर सुधार गर्ने मात्र नभएर दिगो विश्वव्यापी वातावरणप्रति स्थानीय समुदायको चासो पनि जागृत गराउने अवसरको रूपमा काम गर्ने आशा गरेका छौं, भावी पुस्ताका नायक-नायिका युवाहरूले यसको नेतृत्व लिएका छन् ।”
सरसफाइ कार्यक्रममा करिब ६० भन्दा बढी स्वयंसेवकहरुको सहभागीता रहेको थियो । सरसफाइ पश्चात् १५ बोरा भन्दा बढी प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।

वातावरणप्रतिको उनीहरूको प्रेम विश्वभरि फैलिरहेको छ । ‘Mother’s Forest’ (वृक्षारोपण) सँगसँगै ‘Green Earth (सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean (नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP (प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त, ‘Green Workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)’ प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।
प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।







-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 300730




