नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै | Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै : Jana Aawaj News

जन आवाज संवाददाता

जन आवाज न्युज /भक्तपुर, मंसिर १४ गते । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०८२ यहि मंसिर १५ गते देखि सुरु हुने भएको छ । सदस्य विद्यालयहरुबीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ ।

खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टा छुट्टै छात्र फुटसल, माध्यमिक तह सम्मका छात्राहरुको भलिवल, माध्यमिक तह सम्मका छात्रहरुको टेवुल टेनिस र माध्यमिक तह सम्मको छात्र र छात्राको छुट्टा छुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न हुने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले जानकारी दिनुभएको छ ।

यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास लिइएको जानकारी नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले दिएका छन् । खेलकूद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजेता विद्यार्थी खेलाडिहरुलाई पुरस्कार वितरण गरी समापन गरिने बताइएको छ ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न