बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन् | Jana Aawaj News

बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन्

पढ्न लाग्ने समयः < 1 मिनेट
बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन् : Jana Aawaj News

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले चालुु आर्थिक वर्षमा सम्पन्न गर्नुुपर्ने योजना धमाधम कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाको अघिल्लो वर्षको बजेट विपद् भएको कारणले गर्दा कतिपय कामहरु टुक्राटुक्रामा गरेको थियो भने उक्त कार्यक्रमको भुक्तानी भइसकेको छ । पहिलो किस्ता असोज २ गते नै निकास भएको बेथानचोक गाउँपालिकाले जनाएको छ । अहिले गाउँपालिकाले समानीकरण अनुदान र आन्तरिक राजश्वको पैसा खर्च सकेको छ । अहिलेसम्मको बेथानचोक गाउँपालिकाको खर्च व्यवस्थापन उत्साहजनक नै रहेको गाउाँपलिकाले स्पष्ट पारेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले चालुु आर्थिक वर्षमा सम्पन्न गर्नुुपर्ने योजना अहिले धमाधमा कार्यान्वयन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा पनि गाउँपालिकालाई संघीय सरकारबाट समानीकरण वापतको पैसा कम आएको भन्दै २०८१/०८२ मा पनि कम आएको हो । त्यसकै आधारमा हामीले योजना सम्झौता गर्ने त्यसकै आधारमा योजना सम्पन्न हुने तर योजना सम्पन्न भइसक्दा पनि पैसा नभएको कारणले गर्दाखेरी त्यसको दायित्व सरेर पछि निकासा आएपछि भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ ।

भण्डारीले भन्नुुभयो, “बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन् । हामीले १० लाखभन्दा माथिका योजनामा ठेक्का प्रक्रिया अपनाउने गरेका छौं । हामीले निर्णय गर्नेभन्दा पनि जनप्रतिनिधि र बोर्डबाट निर्णय गरेकाे हो । हाम्रोमा त्यस्तो अवस्था छैन । यहाँका जनप्रतिनिधिहरु पनि त्यस्ता कुरामा सचेत हुनुहुन्छ । तर कुनै कुनैचाहिँ बाध्यतावश हुन्छ । कुनै ठाउँमा एउटा सानो खानेपानीको मुहान भत्किएको हुन्छ । त्यस्ता ठाउँमा मर्मतको काम गर्नु परिनै हाल्यो । त्यस्ता कामबाहेक हाम्रोमा धेरैजस्तो योजनाहरु ठूलै खालका छन् ।”
हाम्रै बजेटले पाँच किलोमिटर सडक कालोपत्रे र अन्य कामहरु पनि गर्न हामी सफल भइरहेको भण्डारीले बताउनुभयो ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न