ASEZ WAO द्धारा गोदावरीमा सरसफाई कार्यक्रम सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्धारा गोदावरीमा सरसफाई कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ WAO द्धारा गोदावरीमा सरसफाई कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर, मंसिर १४ गते ।अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन ASEZ WAO ले  आज ९,०९१ औं विश्वव्यापी वातावरण सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी १४ ठैव क्षेत्र वरिपरि एक किलोमिटर वातावरण सरसफाईद्धारा करिब एक टन फोहोरहरू सङ्कलन गरेर जलवायु परिवर्तन विरुद्ध प्रतिक्रिया जनाएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल कम्युनिस्ट पार्टी नेपालका जिल्ला सदस्य रोमलाल महर्जन र बाँडेगाउँ प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक केदार पौडेलको सहभागीता रहेको थियो। सरसफाई कार्यक्रममा ललितपुर संगठनभरिका करिब ८० जना सदस्यहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा गोदावरी मण्डलीका मण्डली प्रमुख शम्भु श्रेष्ठले ASEZ WAO को परिचय र गतिविधिहरूबारे जानकारी दिनुभयो। कार्यक्रममा उपस्थित भएका रोमलाल महर्जनले प्रकृतिलाई सफा र हराबरा बनाउन चालेको अभियानमा आफू लगायत सबै वडावासीहरु साथमा रहेको कुरा बताउनुहुँदै ASEZ WAO ले वातावरण संरक्षणमा अमूल्य भूमिका खेलेको कुरा जोड दिनुभयो साथै प्र।स।नि। केदार पौडेलले पनि ASEZ WAOलाई धन्यवाद ज्ञापन गर्नुहुँदै कार्यक्रमलाई समर्थन गर्ने बताउनुभयो।

वातावरणप्रतिको उनीहरूको प्रेम विश्वभरि फैलिरहेको छ । ‘Mother’s Forest’ (वृक्षारोपण) सँगसँगै ‘Green Earth (सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त, ‘Green Workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)’ प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।

प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

 

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न