परमेश्वरको मण्डली विश्व सु–समाचार समाज बनेपाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

परमेश्वरको मण्डली विश्व सु–समाचार समाज बनेपाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
परमेश्वरको मण्डली विश्व सु–समाचार समाज बनेपाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

नारायण थापा

बनेपा । नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखा र परमेश्वरको मण्डली विश्व सु–समाचार समाज बनेपा, नेपालको संयुक्त आयोजनामा संचालित खुला रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बनेपा नगरपालिका वडा नं. १० मा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना पुरुष र ३७ जना महिला गरी जम्मा ५८ जनाले रक्तदान गरेको परमेश्वरको मण्डली विश्व सु–समाचार समाजका सदस्य क्षितिज स्रिमलले जानकारी दिनुभयो ।


रगतको अभावलाई मध्यनजर गर्दै परमेश्वरको मण्डली विश्व सु–समाचार समाजले नेपालभर सरसफाईदेखि लिएर विभिन्न स्वंमसेवाको कार्य र रक्तदान कार्यक्रम लामो समयदेखि गर्दै आइरहेको छ ।


उक्त कार्यक्रममा बनेपा नगरपालिकाका उपमेयर बिमला सापकोटाले परमेश्वरको मण्डली विश्व सु–समाचार समाजले गरेका मानव सेवाका गतिविधिले मानवीय सचेतना वृद्धि भएको बताउनुभयो । ‘रक्तदान–जीवनदान’ हो भन्दै उहाँले–‘‘तपाईहरुले गर्दै आइरहनुभएको यस्ता खालको कार्यक्रम प्रशंसा योग्य छ–आगामी दिनहरुमा पनि बनेपा नगरपालिका तपाईहरुसँग सहकार्य गरेर विभिन्न यस्ता खालका गतिविधिहरुमा सहभागी हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।’’


नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखाका सभापति सानुभाई विष्टले हरेक प्राणी बाच्नका लागि रगत अत्यावश्यक हुन्छ । संसारभर रगतको अभावले धेरैले ज्यान गुमाइरहेको यो अवस्थामा परमेश्वरको मण्डली विश्व सु–समाचार समाजले निरन्तर रक्तदान कार्यक्रम गर्दै रगतको अभावलाई कम गर्दै आएको यो कार्य सरहानिय भएको बताउँदैं आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रम निरन्तर गर्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा परमेश्वरको मण्डली विश्व सु–समाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले विश्वभर रगतको अभाव भईरहेको यो समयमा थोरै भएपनि रगतको अभावले कुनै पनि व्यक्तिले आफ्नो ज्यान गुमाउन नपरोस् भनेर हाम्रो परमेश्वरको मण्डली विश्व सु–समाचार समाज नेपालले नेपालभर नै यस्ता खालका कार्यक्रमहरु निरन्तर गर्दै आईरहेको कुरा जानकारी गराउनुभयो । साथै आगामी दिनहरुमा समेत यस्ता खालका कार्यक्रमहरु निरन्तर गरिरहने बताउनुभयो ।


रक्तदान कार्यक्रममा बनेपा नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष चन्द्र वहादुर खड्का, वडा सदस्यहरुमा गुणराम गौतम, सुशिल थापा, द्रौपदा के.सी र मन मिजार, वीलभ यू फाउन्डेसनका अध्यक्ष शोभाकर शर्मा, श्री जनज्योति मा.वि.जनगालका प्रध्यानाध्यापक माधव लामिछाने, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष तथा समाजसेवी आत्मा राम थापा, पत्रकार तथा स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x