परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्धारा ७,१६८ औँ विश्वव्यापी सरसफाईअभियान सम्पन्न (फोटोमा हेर्नुहोस्) | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्धारा ७,१६८ औँ विश्वव्यापी सरसफाईअभियान सम्पन्न (फोटोमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्धारा ७,१६८ औँ विश्वव्यापी सरसफाईअभियान सम्पन्न (फोटोमा हेर्नुहोस्) : Jana Aawaj News

नारायण थापा

भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ७,१६८ औँ  विश्वव्यापी सरसफाई अभियान अन्तर्गत आज बौद्ध–जोरपाटी सडक सरसफाई गरी सम्पन्न गरेको छ ।

विगत एक दशक भन्दा लामो समयदेखि परमेश्वरको मण्डलीले विश्वव्यापी रुपमा सरसफाई गर्दै आइरहेको छ । नेपालमा पनि वातावरण स्वच्छ र सफा राख्नका लागि निरन्तर सरसफाइ लगाएत समाज सेवाको कार्य गर्दै आइरहेको छ ।

सरसफाई कार्यक्रममा सहभागी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरु ।

आजको यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले यस क्षेत्रमा २०/२५ वर्षदेखि फोहोर रहेको यो ठाउँमा परमेश्वरको मण्डलीले सरसफाइलाई अभियानको रुपमा संचालन गर्नुभएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नगरपालिकाले पनि समन्वय र सहकार्य गर्ने कुरा बताउनुभयो ।

यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिए मानिसहरुमा जनचेतना जगाउनुको साथै असल सन्देश जाने बताउनुभयो । समाज सेवा र सरसफाईको यो कार्यमा सबै सहभागी भएमा मात्रै जुनसुकै अभियान पनि पुरा हुने बताउनुभयो । परमेश्वरको मण्डली विश्व सुमाचार समाजले स्वंम सेवा कार्यहरु लामो समयदेखि गर्दै आइरहेकोले भावि दिनहरमा यस किसिमको कार्यले समाजमा असल उदाहरण दिन सक्ने बताउनुभयो ।

यस्तै उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले ‘शिक्षित व्यक्ति भएर पनि सरसफाईमा ध्यान दिन सकिएन भने त्यो शिक्षाको महत्व रहदैन्’ त्यसैले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले लगातार गर्दै आइरहेको यो कार्य सह्रायिन भएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरुसगैं सरसफाईमा गर्दैं ।

यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण सुवेदीले आफ्नो क्षेत्र स्वच्छ र सफा आफैले गर्नुपर्ने बताउनुभयो । यो कार्यक्रमले मानिसमा जनचेतनाको अभिवृद्धि हुनुका साथै स्वस्थ जिवनको लागि स्वच्छ वातावरणको आवश्यकता पर्छ, भन्ने कुरा आभास भएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरुसगैं सरसफाईमा गर्दैं ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाले यो क्षेत्रलाई सफा र स्वच्छ पार्ने हामी सबैको दायित्व भएकोले आ–आफ्नो क्षेत्रबाट पहल कदमि गर्नुपर्ने बताउनुभयो । साथै परमेश्वरको मण्डलीले सरसफाईलाई निरन्तरता दिदैं यो अभियान नै संचालन गरेको छ, यसमा हामी सबैको समन्वय र सहकार्य हुने बताउनुभयो ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरु सरसफाई गर्दैं ।

आजको यस सरसफाई कार्यक्रममा प्रहरी नायब हरि बहादुर बस्नेत, पूर्व वडा अध्यक्ष मान बहादुर तामाङ साथै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ४०० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x