चीनसँग तातोपानी नाका खोल्न कूटनीतिक पहल हुन्छ˸ परराष्ट्रमन्त्री खड्का | Jana Aawaj News

चीनसँग तातोपानी नाका खोल्न कूटनीतिक पहल हुन्छ˸ परराष्ट्रमन्त्री खड्का

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनसँग तातोपानी नाका खोल्न कूटनीतिक पहल हुन्छ˸ परराष्ट्रमन्त्री खड्का : Jana Aawaj News

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल चीनको तातोपानी भन्सार नाका खोल्न सरकारले चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्ने बताउनुभएको छ ।

आज कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरूसँग भेट गर्दै मन्त्री डा. खड्काले तातोपानी नाका खोल्नसके सिन्धुपाल्चोकको आर्थिक अवस्थामा केहि सुधार हुने भएकाले भन्सार नाका खोल्न सरकारले चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्ने बताउनुभएको हो ।

हिमालय व्यापार सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले चिनियाँ पक्षले सहज रुपमा तातोपानी र रसुवा नाका खोल्न नमानेको गुनासो गरेपछि यस विषयमा सरकारले गम्भीर भएर छलफल गर्ने मन्त्री खड्काले बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न