वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

आमाको प्रेमद्धारा कार्य गर्ने संस्था उत्कृष्ट छ ˸ मुख्यमन्त्री बानिया

पढ्न लाग्ने समयः 4 मिनेट
वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News
oplus_0

जन आवाज न्युज/मकवानपुर, फागुन १४ गते । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा मकवानपुर जिल्लाको नेपाल रेडक्रस सोसाइटी, हेटौडा शाखाको सभा हलमा ८८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननिय इन्द्र बहादुर बानिया लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाले मानविय सेवाले ओतप्रोत भएर जीवनको सबैभन्दा ठुलो दान रक्तदान हो, जुन आज यहाँहरूले सकृय रूपमा गर्दैहुनुहुन्छ । समान माया दिने आमा जस्तै मानव हितको निम्ती विभिन्न क्षेत्रमा कार्य गरिरहनुभएका यहाँहरूसँग बाग्मती प्रदेश जोडिएर सहकार्य गर्ने कुरा जाहेर गर्दै सहभागीहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब २०० जनाभन्दा बढीको सहभागीता रहेको थियो । मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुर्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका थिए । यस्तो कार्यक्रम काठमाडौंमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको वीलभयूका एक अधिकारीले बताउनुभयो ।

वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रमचाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुर्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।

कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरेका थिए । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरे । कार्यक्रममा ८४ जनाले ३४ हजार मिलिलिटर स्वस्थ रगत दान गरे । संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ । सन् २०२५ सम्म । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुर्याइरहेको छ ।

वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुर्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वल्र्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड १९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।

जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

oplus_0

oplus_0

oplus_0

oplus_32

 

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न