भक्तपुर महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्न सकिने : मन्त्री थापा | Jana Aawaj News

Bhaktapur Hospital

भक्तपुर महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्न सकिने : मन्त्री थापा

(भिडियो सहित)

पढ्न लाग्ने समयः 3 मिनेट
भक्तपुर महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्न सकिने : मन्त्री थापा : Jana Aawaj News
oplus_2

जन आवाज न्युज/भक्तपुुर, चैत्र २६ गते । भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२-८३ आजबट शुरु भएको छ ।

आज कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले देशभरबाट मानिसहरु बिस्केट जात्रा हेर्न आउने भएकोले यो महोत्सवले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्ने र आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने बताउदै महोत्सवको शुभकामना दिनुभयो ।

उक्त महोत्सवमा आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ राखिने छ । बिहिबार आयोजित उद्दघाटन कार्यक्रममा बोल्दै महोत्सवका संयोजक दीपक थापले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिने बताउनुभयो ।

यसका साथै महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ, संयोजक थापाले भन्नुभयो-नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा महोत्सव सल्लाघारीको चौउरमा ११ दिनसम्म महोत्सव  संचालन हुने संयोजक थापाले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक दिपक थापाले “भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौं,” उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको बताउनुभयो ।

 

कार्यक्रममा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत स्वागत मन्तव्य दिदै महोत्सको स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने जानकरि दिदै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना हुने बताउनुभयो।

यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने आयोजकको तयारी छ ।

आगामी चैत्र २६ गतेदेखि नयाँ वर्षको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने गरेका छन् । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् । प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । २०८२ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x