शिक्षा आम नागरिकको मौलिक हक हो ˸ प्रधानमन्त्री देउवा | Jana Aawaj News

शिक्षा आम नागरिकको मौलिक हक हो ˸ प्रधानमन्त्री देउवा

पढ्न लाग्ने समयः < 1 मिनेट
शिक्षा आम नागरिकको मौलिक हक हो ˸ प्रधानमन्त्री देउवा : Jana Aawaj News

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै उहाँले शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा उहाँले साक्षरताका लागि निरक्षर र साक्षरको तथ्याङ्क एकिन गरेर त्यसअनुसार थप कार्यक्रम सञ्चालन गर्न सरकारले निरन्तरता दिईरहेको बताउनुभयो ।

यस्तै नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल भएको बताउदैं विदेशबाट समेत प्रशंसा आइरहेको र बेलायत सरकारले नेपाली नागरिकहरूलाई भिसा दिइरहेको बताउनुभयो । उहाँले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल रहेको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न