
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा पुन केपी ओलीलाई नै निरन्तरता दिने बताउनुभएको छ ।
आज बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको शुभकामना आदानरप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताउदैं एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सवल बनाउदैंै पार्टीको आगामी महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गर्नुभएको हो ।
उहाँले सत्तारूढ गठबन्धनले नेतृत्व गरेको अर्कोे ध्रुवलाई शक्तिशाली हुन नदिनको लागि एमाले नेतृत्वको उक्त ध्रुवलाई बलियो बनाउन जरूरी रहेको समेत बताउनुभयो ।
महासचिव पोखरेलले कार्यक्रममा बोल्दै विधानमा २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको हुनाले आफू पनि अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गर्नुभएको छ ।
पोखरेलले आगामी मंसिरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताउदैं आफ्नो पार्टी सकभर छिटो निर्वाचनमा जाने पक्षमा रहेको पनि स्पष्ट पार्नुभएको छ
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295907
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


