नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता हुने | Jana Aawaj News

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता हुने

आगामी महाधिवेशनमा ओलीलाई नै पार्टी अध्यक्षमा निरन्तरता दिने संकेत

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता हुने : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा पुन केपी ओलीलाई नै निरन्तरता दिने बताउनुभएको छ ।

आज बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको शुभकामना आदानरप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताउदैं एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सवल बनाउदैंै पार्टीको आगामी महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गर्नुभएको हो ।

उहाँले सत्तारूढ गठबन्धनले नेतृत्व गरेको अर्कोे ध्रुवलाई शक्तिशाली हुन नदिनको लागि एमाले नेतृत्वको उक्त ध्रुवलाई बलियो बनाउन जरूरी रहेको समेत बताउनुभयो ।

महासचिव पोखरेलले कार्यक्रममा बोल्दै विधानमा २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको हुनाले आफू पनि अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गर्नुभएको छ ।

पोखरेलले आगामी मंसिरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताउदैं आफ्नो पार्टी सकभर छिटो निर्वाचनमा जाने पक्षमा रहेको पनि स्पष्ट पार्नुभएको छ

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न