
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभएको छ ।
आज आइतवार काठमाण्डौमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै उहाँले शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा उहाँले साक्षरताका लागि निरक्षर र साक्षरको तथ्याङ्क एकिन गरेर त्यसअनुसार थप कार्यक्रम सञ्चालन गर्न सरकारले निरन्तरता दिईरहेको बताउनुभयो ।
यस्तै नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल भएको बताउदैं विदेशबाट समेत प्रशंसा आइरहेको र बेलायत सरकारले नेपाली नागरिकहरूलाई भिसा दिइरहेको बताउनुभयो । उहाँले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल रहेको बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295915



