
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विवादास्पद कार्य नगर्न र बदनामी हुने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिनुभएको छ ।
आज पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकाहरुलाई अध्यक्ष नेपालले राष्ट्र पार्टी र जनताले हामीलाई ठूलो जिम्मेवारीे सुम्पेको बताउदै बदनामी हुने र विवादास्पद खालका कुनै पनि कार्य नगर्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीसँग बिद्रोह गर्दै हाम्रो पार्टीभित्र विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द स्वीकार्य नहुने बताउदै यस कुरामा ध्यान दिन निर्देशन दिनुभएको हो ।
उहाँले आचारसंहिताको पुर्ण पालना गर्दै पारदर्शी हुने गरी काम गर्न निर्देशन दिदैं प्रतिनिधिसभा बिघटन गर्दा असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको भन्दै आरोप समेत लगाउनुभएको छ ।
सरकारमा नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी रहेका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295921



