नवनियुक्त मन्त्रीहरुलाई विवादास्पद काम नगर्न माधव नेपालको निर्देशन | Jana Aawaj News

नवनियुक्त मन्त्रीहरुलाई विवादास्पद काम नगर्न माधव नेपालको निर्देशन

पढ्न लाग्ने समयः < 1 मिनेट
नवनियुक्त मन्त्रीहरुलाई विवादास्पद काम नगर्न माधव नेपालको निर्देशन : Jana Aawaj News

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विवादास्पद कार्य नगर्न र बदनामी हुने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिनुभएको छ ।

आज पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकाहरुलाई अध्यक्ष नेपालले राष्ट्र पार्टी र जनताले हामीलाई ठूलो जिम्मेवारीे सुम्पेको बताउदै बदनामी हुने र विवादास्पद खालका कुनै पनि कार्य नगर्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीसँग बिद्रोह गर्दै हाम्रो पार्टीभित्र विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द स्वीकार्य नहुने बताउदै यस कुरामा ध्यान दिन निर्देशन दिनुभएको हो ।

उहाँले आचारसंहिताको पुर्ण पालना गर्दै पारदर्शी हुने गरी काम गर्न निर्देशन दिदैं प्रतिनिधिसभा बिघटन गर्दा असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको भन्दै आरोप समेत लगाउनुभएको छ ।

सरकारमा नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी रहेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
2 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
4 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न