पाकिस्तानमा भूकम्प जादाँ, बीस जनाको मृत्यु | Jana Aawaj News

पाकिस्तानमा भूकम्प जादाँ, बीस जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
पाकिस्तानमा भूकम्प जादाँ, बीस जनाको मृत्यु : Jana Aawaj News

एजेन्सी । पाकिस्तानको दक्षिणी बालुचिस्तान प्रान्तमा बिहीबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा बीसजनाको ज्यान गएको सरकारी अधिकारीहरूले बीबीसीलाई जानकारी गराएका छन् ।

कम गहिराईमा केन्द्रविन्दु भएर आउने भूकम्पले धेरै क्षति पुर्याउने भएकाले भौतिक धेरै पूर्वाधार तहसनहस भएको छ, भने मृतकको संख्या बढ्नसक्ने समेत बताइएको छ । यता अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सकाअनुसार मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणअनुसार ५ दशमलव ९ रेक्टरस्केलको सो भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ९ किलोमिटरमुनि रहेको बताइएको छ ।

स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई कम्तीमा १ सय अन्य घाइते भएको तथा तिनीहरूमध्ये धेरैलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएको बताएको छ । उद्धार कार्य जारी रहेको तथा सैनिक डाक्टर तथा अन्य स्वास्थ्यकर्मी पनि

घटनास्थलमा सेवामा जुटिरहेको स्थानीय सञ्चार माध्यमले जानकारी गराएको छ ।
भूकम्पका कारण २ सय भन्दाबढी माटोले बनेका घरहरू भत्किएका छन् भने थुप्रै पक्की भवन पनि क्षतिग्रस्त भएको बताइएको छ ।

ट्विटरमार्फत समवेदना प्रकट गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बालुचिस्तानको हारनाइमा भूकम्प पीडितलाई तत्काल सहयोग, राहत र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई निर्देशन समेत दिएका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न