तीन महिनापछि देउवा सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै | Jana Aawaj News

तीन महिनापछि देउवा सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे मन्त्रीको शपथ

पढ्न लाग्ने समयः < 1 मिनेट
तीन महिनापछि देउवा सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।

सोहि सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय दिइने बताइएको छ ।
बिहीबारको सहमति बमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे मन्त्रिहरुको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

मन्त्रालय भागबण्डामा कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगाएत पाउने बताइएको छ । यता नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबण्डामा आफ्नो असन्तुष्टि जनाउदैं दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति गरेको छ । उक्त सहमति अनुसार एकीकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ । उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।
जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिना अन्तरालमा समेत सरकार विस्तार गर्न नसक्दा आलोचना खेपिरहेको समयमा अब सरकारले पूर्णता पाउने देखिएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न