
काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात गरेको छ ।
उक्त खेल माल्दिभ्समा भइरहेको छ । साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता रहेको भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको हो । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको थियो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले अंक बाँड्दा नेपाललाई फाइदा भएको छ । साफ च्याम्पियनसिपमा अहिलेसम्म उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो दुई खेलमा जित निकाली ६ अंक बटुल्न सफल भएको छ । नेपाल शीर्ष स्थानमा रहेको छ भने, दुई खेलबाट दुई अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ । इता श्रीलंकाले राउन्ड रोबिन लिगमा तीन खेलबाट एक अंक जोडेको छ ।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराउन फिल भएको छ । उक्त खेलमा नेपालले माल्दिभ्स र श्रीलंकालाई दुई दशक लामो समयपछि पराजित गर्न सफल भएको छ ।
नेपालको आइतबार भारतविरुद्धको खेलमा यदि भारतलाई नेपालले हराउने हो, भने नेपाल पहिलोपटक फाइनलमा प्रवेश गर्नेछ । यो खेल नेपालको लागि धेरै नै महत्वपूर्णताका साथ हेरिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295781



