साम च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात | Jana Aawaj News

साम च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात

पढ्न लाग्ने समयः < 1 मिनेट
साम च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात : Jana Aawaj News

काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात गरेको छ ।

उक्त खेल माल्दिभ्समा भइरहेको छ । साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता रहेको भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको हो । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको थियो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले अंक बाँड्दा नेपाललाई फाइदा भएको छ । साफ च्याम्पियनसिपमा अहिलेसम्म उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो दुई खेलमा जित निकाली ६ अंक बटुल्न सफल भएको छ । नेपाल शीर्ष स्थानमा रहेको छ भने, दुई खेलबाट दुई अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ । इता श्रीलंकाले राउन्ड रोबिन लिगमा तीन खेलबाट एक अंक जोडेको छ ।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराउन फिल भएको छ । उक्त खेलमा नेपालले माल्दिभ्स र श्रीलंकालाई दुई दशक लामो समयपछि पराजित गर्न सफल भएको छ ।

नेपालको आइतबार भारतविरुद्धको खेलमा यदि भारतलाई नेपालले हराउने हो, भने नेपाल पहिलोपटक फाइनलमा प्रवेश गर्नेछ । यो खेल नेपालको लागि धेरै नै महत्वपूर्णताका साथ हेरिएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न