क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयक तीनदिने कार्यशाला गोष्ठी सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयक तीनदिने कार्यशाला गोष्ठी सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयक तीनदिने कार्यशाला गोष्ठी सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वान्टिटेटिभ एण्ड क्वालिटेटिभ रिसर्च विषयमा भएको तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र सञ्चालित कलेज तथा विद्यालयबाट उत्पादित जनशक्ति प्रतिस्पर्धी र इमानदार हुनुका साथै उनीहरुलाई देश र समाजप्रति उत्तरदायी भएर काम गर्ने भावना उजागर गर्नुपर्ने बताउनुभयो ।

वागीश्वरीले आगामी दिनहरुमा नयाँ नयाँ विषय र क्षेत्रमा अनुसन्धान गर्दै जानुपर्नेमा जोड दिनुहुँदै उहाँले शेयर कारोबारले युवाहरुलाई पैसा कमाउने लोभमा गलत बाटोमा दोहोर्याइरहेको हुँदा शिक्षित वर्ग यसबारे सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतलाई कानुनको व्याख्या गर्ने अधिकार मात्र भएको तर वर्तमान अवस्थामा अदालतले राज्यशक्ति नै हातमा लिन गलत बाटो अँगालिरहेको बताउनुभयो ।

कार्यक्रममा स्रोत व्यक्ति डा. बलराम दुवालले अनुसन्धानमा आधारित कार्याशाला गोष्ठीले प्राध्यापकहरुको शिक्षण सिकाइ गतिविधिलाई मलजल गर्ने बताउनुहुँदै अनुसन्धान क्षेत्रमा नयाँ नयाँ गोष्ठी तथा सेमिनारहरु गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा आरएमसीका संयोजक सिद्धिबीर कर्माचार्य, गोष्ठीमा सहभागी काभ्रे बहुमुखी क्याम्पसका सन्जय श्रेष्ठ, कार्यक्रम संयोजक शिवबहादुर खुलीमुली र राजन चौगुठीले पनि बोल्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि प्रजापतिले गोष्ठीमा सहभागी प्राध्यापक तथा कर्मचारीहरुलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x