इलाममा १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

इलाममा १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

(तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 5 मिनेट
इलाममा १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

नारायण थापा

जन आवाज न्युज/इलाम, चैत्र ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सोमबार कोशी प्रदेशको इलाम जिल्लामा अवस्थित इलाम परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब १३० जनाको सहभागीता रहेको थियो । सहभागीहरूमध्ये ६१ जनाले सफलतापूर्वक २१३५० मि.लि. रगत दान गरेका थिए ।

मण्डलीका एक अधिकारीका अनुसार, “नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । ख्रीष्टले उदाहरण देखाउनुभएको ‘जीवन बचाउने प्रेम’को अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेका हौं ।” “यो कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउनमा योगदान पुऱ्याउनेछ भन्ने आशा गर्दछु ।” ‘निस्तार-चाड (Passover) ’चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको बाइबलमा भएको परमेश्वरको चाड हो । निस्तार-चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।

नेपाल रेडक्रस सोसाइट झापा जिल्ला शाखाले स्वास्थ्यकर्मीहरूका साथै रक्तदान उपकरण उपलब्ध गराउँदै कार्यक्रमलाई समर्थन जनाएका थिए ।

कार्यक्रममा इलामका उपमेयर विष्णु कुमारी दहाल (लिम्बु) ले “रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलीद्वारा आयोजित यस मानवीय कार्यको प्रशंसा गर्नुभयो । उहाँले, ‘यस मण्डलीबाट यस्तो पवित्र र परोपकारी कार्यक्रम आयोजना भएको देख्दा मलाई अत्यन्त खुसी लागेको छ । कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले समाजमा सकारात्मक सन्देश दिएको छ, यस्ता सामाजिक कार्यहरूले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ भन्नुहुँदै मण्डली परिवारलाई यस अर्थपूर्ण कार्यक्रमको लागि विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

रक्तदानमा सहभागी युवा अमृताले “रक्तदान जिवनदान हो भन्ने गरिन्छ, आज मैले दिएको रगतले एकजना कसैको जीवन बाँच्नेछ । यस्तो कार्यमा सहभागि हुन पाउँदा एकदमै गौरवान्वित महसुस गरेकी छु ” भन्दै खुशी व्यक्त गर्नुभयो ।

त्यसैगरी सहभागी रूपकलाले “कार्यक्रममा सहभागी भएर सबैको उत्साह देख्न पाउँदा निकै खुसी लाग्यो । यस्तो पवित्र अभियानमा मलाई पनि सामेल गराउनुभएकोमा मण्डली र सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा म आफु पनि सहभागी हुनेछु र मेरा परिवार र छिमेकीहरूलाइ समेत सहभागीताको निम्ती प्रोत्साहन गर्नेछु ” भन्दै मण्डलीको यस्तो कार्यलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका ब्लड बैंक इन्चार्ज शिशिर दाहालले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ म मेरो व्यक्तिगत तर्फबाट र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तर्फबाट आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस कार्यक्रममा आफ्नो अमूल्य रगत दान गरेर रगत अभावको समस्या समाधान गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण रक्तदाताहरूको भावनाप्रति म नमन गर्दछु । साथै, कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिनुहुने सम्पूर्ण मण्डली परिवारप्रति आभार प्रकट गर्दछु ।”

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन् र १,३४,००० जनाले रक्तदान गरेका छन् (सन् २०२५ सम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।

ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।

विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,६०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।

+ posts