काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्र्सी डिजाइनका लागि झन्डै ५ सय नमुनामध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई क्यान सदस्य छुम्बी लामा, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र मुख्य प्रायोजक माई सेकेन्ड टिचरको तर्फबाट एक प्रतिनिधि रहेको समितिले उत्कृष्ट छनोट गरेका हुन् ।
यस्तै एक महिनाअघि जर्सी डिजाइनका लागि खुला आह्वान गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नियमभित्र रहेर राष्ट्रिय झन्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी डिजाइन गरिएको जर्सी उत्कृष्ट रहेको छनोट समितिको जानकारी गराएको छ । डिजाइनकर्ता पोखरेलले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने, यो जर्सी नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासम्मिलित त्रिदेशीय शृंखलामा पहिलोपल्ट प्रयोग गर्ने बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 355740